थप ३८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ९६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७९१ पुगेको छ।

गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २९ हजार ४४४  जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्