काठमाडौँ उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २९ हजार ४४४  जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्