प्रशिक्षक अल्मुताइरीले फेसबुकमा लेखेको विषयमा छलफल गर्न एन्फाद्वारा आपतकालीन बैठक आह्वान

काठमाडौं- अखिल नेपाल फुटबल संघ-एन्फाले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर कार्य समितिको आपतकालीन बैठक आह्वान गरेको छ।

बैठक शुक्रबारका लागि बोलाइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनले बैठकमा अल्मुताइरीले फेसबुकमा लेखेको विषय र नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न आएको प्रस्तावबारे छलफल हुने उनले बताएका छन्।

तीन दिनअघि प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई कारण देखाउँदै आफूले पदबाट राजिनामा दिएको बुझाउन लागेको बताएका थिए। तर अल्मुताइरीले अझै राजीनामा दिएका छैनन्। फेसबुक स्टाटसमा अल्मुताइरीले तीन सातायता नेम्वाङले आफूसँग नाटक गरिरहेको उल्लेख गरेका थिए।

यता नेम्वाङले भने अल्मुताइरीसँग आफ्नो कुनै मनमुटाव नरहेको भन्दै चरित्र हत्या गर्ने काम भएको र आफु दोषी देखिए पदबाट राजीनामा दिनेसमेत बताएका छन्। कर्माछिरिङ शेर्पा नेतृत्वको वर्तमान एन्फा समितिमा नेम्वाङसहित केही पदाधिकारी लामो समयदेखि असन्तुष्ट रहँदै आएका छन्। उनीहरुबीच विवाद देखिन्छ। अल्मुताइरीले अध्यक्ष शेर्पाको प्रंशसा गर्दै सामाजिक सन्जालहरुमा स्टाटसहरु लेखिरहेको पाइन्छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्