स्वर्णको तालिकामा अमेरिका र चीनलाई पछाडि पार्दै जापान शीर्षस्थानमा

टोकियो ओलम्पिक खेलकुद २०२० अन्तर्गत बुधबारसम्मको खेल समाप्तीमा घरेलु टोली जापान स्वर्ण पदकको तालिकामा अमेरिका र चीनजस्ता बलिया टोलीलाई उछिन्दै शीर्षस्थानमा पुगेको छ।

जापानले १३, चीनले १२ र अमेरिकाले ११ स्वर्ण पदक जितेका छन्। पदक तालिकामा भने अमेरिका अगाडि छ।

अमेरिकाले ११ रजत र ९ कास्यसहित कुल ३१ पदक जितेको छ। दोस्रो स्थानमा रहेको चीनले ६ रजत र ९ कास्यसहित २७ पदक जितेको छ। ७ स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदक जितेर रुस तेस्रोमा छ।

चार रजत र ५ कास्यसहित २२ पदक जितेको जापान चौथो स्थानमा रहेको छ। हालसम्म २८ देशले कम्तिमा एउटा स्वर्ण जितेका छन् भने ५७ देशले कम्तिमा एउटा पदक जितेका छन्। दक्षिण एसियाली टोलीमध्ये भारतले मात्र पदक जितेको छ। उसले एउटा रजत जितेको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्