प्यारालाइसिसले थला परेका केवटलाई मलेसियाबाट नेपाल फर्काइयो

काठमाडौँ– प्यारालाइसिस भएर मलेसियामा थलापरेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ।

करिब तीन महिनाअघि प्यारालाइसिस भएर थलापरेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमबार नेपाल फर्काइएको हो।

एक महिनाअघि फोनमार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भएपनि विभिन्न व्यवस्था मिलाउँदा महिना दिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताए। जनउद्धार केन्द्रले लगभग ३ हप्ताको अवधिमा मेलेसियास्थित नेपाली दूतावाससँग सहकार्य गरेर उनलाई नेपाल फर्काएको थापाले जानकारी दिए।

नेपाल फर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिए। केवटलाई नेपाल फर्काउने क्रममा कम्पनीमार्फत् यो रकम उपलब्ध गराएको र नेपाल फर्किने टिकटसमेत कम्पनीबाटै दिलाएको उनले बताए।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्