सत्ता गठबन्धनका नेताहरु मन्त्रीपरिषद बिस्तारबारेको निर्णायक छलफलमा जुट्दै

सत्ता गठबन्धनको बैठक । फाइल तस्बिर

काठमाडौँ – मन्त्रीपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बिहीबार बस्दैछ ।

केही बेरमा बस्ने बैठकमा गठबन्धनका नेताहरुको सहभागिता हुने र यो बैठकले सम्भवत मन्त्रीपरिषद बिस्तार बारे अन्तिम निर्णय लिने छ।

बिहीबार नै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले यसअघि जानकारी दिएका थिए।

बुधबार बिहानाको सत्ता गठबन्धनको बैठकले बिहीबार बिहानसम्म यसबारे टुंगो लगाउने गरि शीर्ष नेताहरुलाई जिम्मा दिएको थियो। बुधबार बेलुका गठबन्धनका शीर्ष नेताहरुले छलफल गरे पनि यसबारे टुंगो लगाउन सकेका थिएनन् ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्