काठमाडौँ महानगरमा आज ५० वर्षमाथिकालाई भेरोसेल खोप

फाइल तस्बिर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बिहीबार ५० वर्ष र त्यो भन्दा माथिको उमेर समूहका व्यक्तिलाई कोरोना भाइरसविरूद्ध खोप लगाउँदै छ ।

भेरोसेल खोपको पहिलो मात्रा महानगरका ३२ वटै वडामा रहेका स्वास्थ्य केन्द्रहरुबाट लगाउने तयारी भएको हो ।

बिहान १० देखि बेलुका ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने पाइने महानगरले जनाएको छ ।

खोप लगाउनका लागि नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा यी कुनै कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर जानु पर्छ ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्