प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडाैँ –  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच बिहान झण्डै एक घण्टा वार्ता भएकाे हाे।

बिहान ८: ४० बजे बालुवाटार छिरेका प्रचण्ड साढे नै बजे निस्केका थिए।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिमण्डल बिस्तारबारे कुराकानी भएकाे बताइएकाे छ।

बुधबार बसेकाे सत्तारुढ गठबन्धनकाे बैठकले चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेकाे थियाे।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्