राज कुन्द्रामाथि सेरलिन चोपडाले लगाइन् यौन दुराचारको आरोप

अश्लिल भिडियो उत्पादन, बिक्री वितरण गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका राज कुन्द्रामाथि भारतीय नायिका, मोडल सेरलिन चोपडाले यौन दुराचारको आरोप लगाएकी छन्।

मुम्बईको अपराध महाशाखाको कार्यालयमा आफ्नो भनाइ रेकर्ड गराउन आएकी चोपडाले अश्लिल भिडियोसँगको सम्बन्ध बताएकी थिइन्। उनले सन् २०२१ को अप्रिलमा राजको विरुद्धमा यौन दुराचारको एफ आइआर दर्ता गराएकी थिइन्।

प्रहरीमा दर्ता गराएको उजुरीमा सेरलिनले सन् २०१९ मा राज कुन्द्राले उनका म्यानेजरसहित व्यापारिक छलफलको लागि बोलाएको र सन् २०१९ को मार्च २७ मा भेटघाटपछि सेरलिनले पठाएको एउटा रुखो म्यासेजकाे बहानामा राज खबरै नगरी सर्लिनको घर आएका थिए।

नायिकाले राजले अनुमति बिना नै आफूलाई चुम्बन गर्न थालेको बताएकी थिइन्।

सेरलिनले आफू विवाहित र व्यावसायिक सम्बन्ध भएको व्यक्तिसँग सम्बन्ध बनाउन नचाहेको बताउँदा राजले श्रीमती शिल्पासँग सम्बन्ध असहज भएको र घरमा आफू तनावमा रहने गरेको बताएको पनि उल्लेख गरेकी थिइन्।

सेरलिनले राजलाई रोकिनको लागि भन्दा पनि नमानेपछि उनी राजलाई धक्का दिएर वासरुममा पुगेको उल्लेख गरेकी थिइन्।

अश्लिल भिडियो उत्पादन र बिक्री वितरण गरेको आरोपमा व्यवसायी राज कुन्द्रा जुलाई १९ मा पक्राउ परेका थिए। उनी पक्राउ परेपछि प्रहरीले उनको घर खानतलासी गरेको छ भने उनकी श्रीमती शिल्पा सेट्टीलाई सोधपुछ गरेको छ।

राज पक्राउ परेपछि उनीविरुद्ध केही नायिकाहरुले यौन शोषण गरेको उजुरी दिएका छन्। नायिका गेहेना वशिष्ठ र रोवा खानले केही दिन अगाडि राजको विरुद्धमा एफ आइआर दर्ता गराईसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्