फेरि बन्द भए झापाका अधिकांश स्थानीय तह, बन्दपछिको बिर्तामोडका तस्बिरहरू

झापा – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै झापाका १० वटा स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गर्न अनुमति दिएपछि स्थानीय तहले धमाधम आफ्ना क्षेत्र सिल गरिरहेका छन्।

बिहीबारसम्म सिल गर्ने स्थानीय तहको संख्या १० पुगेको हो।

मेचीनगर नगरपालिका, हल्दिबारी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, कनकाई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकामा निषेधाज्ञा जारी गरिएको ती स्थानीय तहले सूचना जारी गरेर जनाएका छन्।

झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको अवस्था छ।

बुधबार झापामा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने कोभिड भएर पाँच जनाको मृत्यु भएको थियो।

निषेधाज्ञा जारी भएपछिको बिर्तामोड बजारका तस्बिरहरूः

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्