‘धुर्मुस–सुन्तली’ को चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको चलचित्र ‘म त मर्छु कि क्या हो!’ को ट्रेलर सार्वजनिक भएको छ।

चर्चित हाँस्य टेलि चलचित्र ‘मेरी बास्सै’ का मुख्य पात्र धुर्मुस सुन्तलीको ‘केमेस्ट्री’ लाई निरन्तरता दिँदै यो जोडीले टेलि चलचित्रकै पात्र धुर्मुस र सुन्तली पारिवारिक कथालाई चलचित्रमा प्रस्तुत गरेको छ।

यो चलचित्रलाई सिताराम कट्टेल ‘धुर्मुस’ ले निर्देशन गरेका छन् भने सिताराम कट्टेल र कुञ्जनाको लगानीमा चलचित्र निर्माण हुँदैछ।

चलचित्रमा सिताराम र कुञ्जनाका साथै बुद्धी तामाङ, विजय बराल, पल्पसा डंगोल (चम्सुरी), बालदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशिला थापा लगायतको अभिनय छ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्