‘सिभिल बैंकलाई आम नेपालीको बैंकका रुपमा परिचित गराउन उच्च ब्याज प्रदान गरिरहेका छौँ’

काठमाडौँ– ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले विगतका वर्षहरु भन्दा व्यवसायको आयतनमा वृद्धि गरी नमुना बैंकको रुपमा आफूलाई प्रस्तुत गरिरहेको छ।

निरन्तर रुपमा मौलिक बैंकिङ सेवाहरु पस्किँदै आइरहेको छ। साउन महिनामा प्रकाशित भएको विभिन्न वाणिज्य बैंकहरुको ब्याजदरलाई अध्ययन गर्दा सबैभन्दा उच्च ब्याजदर सिभिल बैंकले प्रदान गरेको बैंकले जनाएको छ।

यसै सन्दर्भमा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङका प्रमुख भोला बहादुर बिष्टसँग गरिएको अन्तर्वार्ताः 

सिभिल बैंकको उच्च ब्याज पाउनेमा ठूला निक्षेपकर्ताहरु मात्रै हुन् कि सर्वसाधारण निक्षेपकर्ता पनि हन्?

सर्वप्रथम त बैंकको दृष्टिकोणमा सबै ग्राहकहरु समान हुन्। हामीले साउन महिनामा न्यूनतम मौज्दात शून्य रहेको नेपाली बचत खातामा ४.०१ प्रतिशतको वार्षिक प्रतिफल प्रदान गरिरहेका छौँ, जुन अन्य बैंकहरुको उच्च व्याजसँग बराबरको प्रतिफल हो।

यसको अलावा यस बचत खातामा ए.टि.एम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङका साथसाथै पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सँगसँगै तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण निःशुल्क रुपमै उपलब्ध गराइन्छ।

यहाँहरुले निरन्तर रुपमा बचत खाताहरुमा उच्च ब्याज प्रदान गर्नुको कारण के हो?

सर्वप्रथम हामी हाम्रा ग्राहकहरुको मेहेनतको कमाईलाई कदर गर्छाैं र अहिलेको विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा अन्यले प्रदान गरिरहेको ब्याजभन्दा आकर्षक ब्याज दिइ बढीभन्दा बढी लाभान्वित होउन्। अनि सिभिल बैंक आम नेपालीको बैंकको रुपमा परिचित हुन पनि हामीले निरन्तर रुपमा उच्च ब्याज प्रदान गर्दै आइरहेका छौँ।

सिभिल बैंकको सुपर प्रिमियम बचत खाता कस्तो बचत खाता हो र क–कसले खोल्न सक्छन्?

न्यूनतमा मौज्दात २५ हजार रहेको सिभिल बैंक सुपर प्रिमियम बचत खातामा बैंकले ६.०१ प्रतिशतको सर्वाधिक वार्षिक ब्याजदरको अलावा मेटलाईफ बीमा कम्पनीसँगको सहकार्यमा खातावालालाई ६ वटा प्रमुख घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक, पहिलो हृदयघाट, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)का लागि रू. दुई लाखसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ। साथै मोवाइल बैंकिङ सुविधा, इन्टरनेट बैंकिङ्ग सुविधा, एटीएम कार्ड, एसएमएस बैंकिङ सुविधा पनि निःशुल्क रुपमै प्रदान गरिनेछ। र यो बचत खाता १८ वर्षदेखि ५८ वर्ष ननाघेका जो कोहिले पनि सजिलै सँग  बैंकमा गइ खाता खोल्न सक्नेछन्।

खुत्रुके खाताको बारेमा पनि केही भनिदिनुहोस्?

अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरुमा सर्तहरु तथा बन्देजहरु हुने गर्छन् भने यो भन्दा पृथक रहेर सिभिल बैंकले आफ्नो रिकरिङ डिपोजिट–खुत्रुके खातालाई सर्त तथा बन्देज मुक्त बनाइएको छ। जसमा बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि १० वर्षसम्मको खुत्रुके खाता रेकरिङ डिपोजिट खोल्छन् अनि मासिक न्यूनतम पाँच सयदेखि माथि गर्दै जान्छन्।

कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी तिर्नु पर्ने हुँदैन अनि आफूले निर्धारण गरेको समय सीमापश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउँछन्। अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज पाइन्छ।

केहीगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकमको ७० प्रतिशत रकम ऋण स्वरुप बिना झन्झट रकम निकाल्न सकिन्छ।

हाल व्यक्तिगत मुद्दतीमा कति प्रतिशत व्याज प्रदान गरिरहनुभएको छ?

हाल हामीले व्यक्तिगत मुद्दतीमा अधिकत्तम ८.७१ प्रतिशतसम्म व्याज प्रदान गरिरहेका छौँ।

अहिलेको कोरोना संक्रमणको जोखिममा खाता खोल्न केही अतिरिक्त व्यवस्था गर्नुभएको छ कि ?

हो, गरेका छौँ। कोरोना संक्रमणको जोखिम भएकोले घरबाटै अनलाइनमार्फत खाता खोलेपछि आफूलाई पायक पर्ने शाखामा गइ केवल दस्तखत गरी खाता संचालनमा ल्याउन सकिन्छ।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्