भिडियो बनाउँदै गर्दा क्रेनबाट खसेर २३ वर्षीया चिनियाँ टिकटक स्टारको मृत्यु

चिनियाँ टिकटक स्टार साओ क्युमेइको १६० फिट अग्लो क्रेनबाट खस्दा मृत्यु भएको छ।

२३ वर्षकी साओ, क्रेन अपरेटरको रूपमा कार्यरत थिइन्। मृत्यु हुनुभन्दा पहिले उनी उक्त क्रेनमा लाइभ स्ट्रिम भिडियो खिच्दै थिइन्।

एक निजी अखबारका अनुसार साओ जुन २० मा बेलुकी ५ः४० मा क्रेनबाट खसेकी हुन्। प्रत्यक्षदर्शीका अनुसार उनी क्रेनबाट भुइँमा खस्दासमेत उनको हातमा फोन थियो। तर केही मिनेट पश्चात भने क्यामेरा अचानक तल झरेको थियो।

तर उनको परिवारले भने उनको मृत्यु भिडियो खिच्ने क्रममा नभएको बताएको छ।

साओको उक्त प्लेटफार्ममा एक लाखभन्दा बढी फलोअर्स छन्। साओ चीनकी एक प्रख्यात टिकटक प्रयोगकर्ता हुन्।

दुई छोरीकी आमा, उनले नियमित रूपमा आफ्ना दैनिक जीवनहरू र पेशाका भिडियोहरू टिकटकमा हाल्ने गर्थिन्। उनले नृत्य गरेका भिडियोहरू पनि उक्त प्लेटफर्ममा हिट थिए।

यसअघि केही समय पहिले हङकङमा ३२ वर्षीया सोफिया चिउङको पनि एक झरना नजिक सेल्फी लिने क्रममा मृत्यु भएको थियो।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्