हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ– हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

सो अवसरमा हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्ती अनुसार ‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेका छौँ।’

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्