थप ३३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्। बिहीबार १ हजार ३७३ संक्रमणमुक्त भएका छन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्