त्रिविले नयाँ विषयका रुपमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ पढाउने

त्रिभुवन विश्वविद्यालय। फाइल तस्बिर।

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ। यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो ।

त्रिवीले यही भदौ १६ गतेदेखि पढाइ सुरु गर्ने भएको हो। सेमेष्टर प्रणालीमा पठनपाठन हुने दुई वर्षे कार्यक्रमका लागि एक लाख ७३ रुपैयाँ लाग्ने कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिए।

विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै मानविकी संकायकी डिन डा. कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्