पदकमा अमेरिका तर स्वर्णमा जापान अगाडि

टोकियो ओलम्पिक खेलकुदमा बिहीबारसम्मको खेल समाप्तिमा अमेरिकाले पदक तालिकामा अग्रता कायमै राखेको छ। अमेरिकाले १३ स्वर्ण, १४ रजत र १० कास्यसहित ३७ पदक जितेको छ।

१४ स्वर्ण, ६ रजत र ८ कास्यसहित २९ पदक जितेको चीन दोस्रोमा छ। स्वर्ण बढी जित्नेमा भने जापान अगाडि छ। जापानले १५ स्वर्ण जितेको छ। चार रजत र ६ कास्यसहित २५ पदक जितेको जापान पदक तालिकामा भने चौथोमा छ। ७ स्वर्ण, ११ रजत र ८ कास्यसहित २६ पदक जितेको रुस तेस्रोमा छ।

अमेरिकाले पौडीमा ६, सुटिङमा ३ तथा ३/३ बास्केटबल, सर्फिङ, फेन्सिङ र तेक्वान्दोमा एक एक स्वर्ण जितेको छ। चीनले भारत्तोलनमा ४, सुटिङमा ३, पौडीमा २, डाइभिङमा ३ तथा फेन्सिङ र रोविङमा  एक एक स्वर्ण जितेको छ।

जापानले जुडोमा ८, स्केटबोर्डिङ र पौडीमा २/२ तथा आर्टिस्टिङ जिम्न्याष्टिक, सफ्टबल र टेबल टेनिसमा एक एक स्वर्ण जितेको छ। हालसम्म ३१ देशले कम्तिमा एउटा स्वर्ण जितेका छन्। यसैगरि ५९ देशले कम्तिमा एउटा पदक हात पारेका छन्।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्