मोबाइल पसलमा चोरी गरेको आरोपमा १२ वर्षीय बालकसहित तीन पक्राउ

सांकेतिक तस्बिर

नेपालगञ्ज– नेपालगञ्जको एक मोबाइल पसलमा भएको चोरीमा संलग्न रहेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्।

साउन ८ गते पुष्पलालचोकस्थित बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा भएको चोरीमा संलग्न भएको आरोपमा १२ वर्षीय बालकसहित तीन जना पक्राउ परेका हुन्। सप्लायर्सबाट ५५ वटा स्मार्ट फोन चोरी भएको थियो।

बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बस्ने २४ वर्षका सुमित शर्मा, वडा नं. १३ का १८ वर्षीय नानु खटिक र १२ वर्षीय बालकलाई ३६ वटा मोबाइलसहित पक्राउ गरेको छ।

राति दुई बजेतिर भएको चोरीमा बालक सेन्ट्री बसेका थिए। दश लाख बराबरको मोबाइल चोरी भएको घटनामा बालकलाई मोबाइल बेचेपछि पैसा दिने भनिएको थियो। बाँके प्रहरीले बिहीबार अपराह्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्