दुर्घटनामा निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले दियो बीमाबापतको सात लाख

काठमाडौँ– दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेन‍िफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेका हुन्।

संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौँको बालाजुमा दुर्घटनामा निधन भएको थियो।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको छ।

ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिए।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्