पोखराका व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउने गृहमन्त्री खाँणको प्रतिबद्धता

काठमाडौँ- गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई काेभिड बिरूद्धकाे खाेप उपलब्ध गराउन गृहमन्त्री बालकृष्ण खाँणले तदारुकता देखाएका छन्।

गण्डकी प्रदेश सरकारका पर्यटन,उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिप्रसाद शर्मालाई यथासक्य छिटो खाेप उपलब्ध गराउने प्रतिबद्धता गृहमन्त्री खाँणले व्यक्त गरेका हुन्। मन्त्री खाँणले नेपालकाे प्रमुख पर्यटकीय क्षेत्रमा पाेखरा लगायत गण्डकी प्रदेश पर्यटनलाई पुनर्जीवन दिनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयसँग तत्कालै समन्वय गरी खाेप उपलब्ध गराउने बताएका हुन्।

गण्डकी प्रदेश सरकारका नवनियुक्तमन्त्री शर्मा र गृहमन्त्री खाँणले शुभकामना साटासाट गर्दै सफल कार्यकालकाे शुभकामना समेत साटासाट गरे।

साउन १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्