बन्न सुरू भयो भूकम्पले भत्काएको ‘गोल्डेन ट्याम्पल’

ललितपुर – गोल्डेन ट्याम्पल नामले प्रसिद्ध ललितपुर क्वाबहाःस्थित हिरण्यवर्ण महाविहारको पुनःनिर्माण सुरूभएको छ। राजा भाष्करदेव बर्माले बाह्रैं शताब्दीतिर निर्माण गराएको यो तीन तल्ले विशाल बौद्घगुम्बा २०७२ सालको महाभुकम्पमा क्षतिग्रस्त बन्नपुगेको थियो।

यसअघि पुनर्स्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन्।

१८ करोड दस लाख रूपैयाँको भारतीय सहयोगमा यो पुनःनिर्माण हुनलागेको हो। काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इनटेक काठमाडैंका अधिकारीहरुले उक्त पूजामा सहभागिता जनाएका थिए।

यस विहारमा अवस्थित मुख्य मन्दिरमा कलापूर्ण छाना, गजुर, मूर्ति र टुँडाललाई सुनले लेपन गरिएकाले नै यसलाई गोल्डेन टेम्पल भनिएको भनिँदै आइएको हो। यहाँ वर्षेनी हजारौं संख्यामा भक्तजन तथा विदेशी पर्यटकले पूजाआजाका साथै भ्रमण गरेको पाइन्छ।

यस विहारमा अवस्थित मुख्य मन्दिर (शाक्यमुनी बुद्ध)मा कलापूर्ण छाना, गजुर, मूर्ति र टुँडाललाई सुनले लेपन गरिएकाले नै यसलाई गोल्डेन टेम्पल भनिएको हो। यहाँ वर्षेनी हजारौं संख्यामा भक्तजन तथा विदेशी पर्यटकले पूजाआजाका साथै भ्रमण गरेको पाइन्छ।

बौद्धधर्ममा बज्रयान मतको महत्त्वपूर्ण परम्पराअनुसार यस विहारमा नेवार बौद्धहरूको अति उत्कृष्ट कलाकृतिको नमूना अभिलेखका रूपमा छ भने शाक्यमुनि बुद्धको अति सुन्दर मूर्ति रहेको छ।। यहाँ वर्षेनी हजारौं संख्यामा भक्तजन तथा विदेशी पर्यटकले पूजाआजाका साथै भ्रमण गरेको पाइन्छ।

हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ। यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो।

मध्यकालिन शिलालेख, ताम्रपत्र, पुष्पिका, वंशावली आदिमा यस विहारलाई ‘हेमवर्ण महाविहार’ भनेर पनि उल्लेख गरेको पाइन्छ। २०५८ साल चैतमा यो मन्दिरको तस्विर नेपालको हुलाक टिकटमा समेत अंकित बन्नपुगेको थियो।

यस मन्दिरमा भगवान गणेशको बाहन मानिने मुसालाई दिनहुँ खाना खुवाउने प्रक्रिया चल्दैआएको छ। यहाँ सयौं मुसाका लागि कम्तीमा १० स्थानमा खाना (चामल) राख्नुपर्ने परम्परागत चलन रहिआएको छ।

मन्दिरमा रहेका ती मुसालाई कुनै दिन खाना खुवाउन बिर्सियो भने यहाँका पूजारी ९बाफाचा० लाई सञ्चो नहुनुका साथै मन्दिरको कुनै न कुनै वस्तु हराउँछ भन्ने मान्यता छ। मन्दिरको रोमाञ्चक पक्ष चाहिँ यस विहारका मुसाहरू मन्दिरभित्र कहिल्यै मर्दैनन्, मर्नुपरेमा बाहिर देखिने ठाउँमा आइपुग्छन्।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ।

यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो। ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ।

साउन १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्