म्यानमारमा आम निर्वाचन नहुँदासम्मका लागि सैनिक प्रमुखको नेतृत्वमा सरकार गठन

म्यानमारको सेनाले आम निर्वाचन नहुँदासम्मका लागि सेन्य प्रमुखको नेतृत्वमा सरकार गठन गरेको छ। सैनिक प्रमुख मिन आङ हिलाइङको नेतृत्वमा सरकार गठन भएको हो। म्यानमारमा सन् २०२३ मा आम निर्वाचन हुँदै छ।

यसअघि केही महिनाअघि म्यानमारको सेनाले निर्वाचित सरकार अपदस्थ गरेर सत्ता हातमा लिएको थियो। स्टेड एडमिनिस्ट्रेसन काउन्सिलको उपप्रमुखमा भाइस सिनियर जनरल सोइ विन रहने छन्।

म्यानमारको सैन्य प्रमुखले आइतबार बिहान २०२३ को  अगष्टसम्म स्वतन्त्र र धाँधली रहित आम निर्वाचन भइसक्ने घोषणा गरेका थिए, मन्तव्यमार्फत। काउन्सिलले गत महिना मात्र २०२० को नोभेम्बरमा तल्लो र माथिल्लो सदन दुवैमा आङ साङ सु की नेतृत्वको पार्टीले प्राप्त गरेको बहुमत बदर गरेको थियो।

सेन्य प्रमुखले मन्तव्यमा गएको आम निर्वाचनमा निकै धाँधली भएकाले सत्ता हातमा लिएको दोहोर्‍याएका छन्। म्यानमारमा प्रजातन्त्र फर्किएको करिब १० वर्षपछि सेनाले फेरी सत्ता हातमा लिएको हो। सेनाले प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेयता भएको प्रदर्शनमा करिब ९ सय जनाको मृत्यु भएको बताइएको छ।

सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य वरिष्ठ अधिकारीहरु अहिले थुनामा छन्।

साउन १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्