स्मार्ट फोन रियलमीले आफ्नो पहुँच बढाउन अरुसँग पनि सहकार्य गर्ने

काठमाडौँ– स्मार्ट फोन रियलमीले उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादन प्रस्तुत गर्ने घोषणा गरेको छ। स्थानीयकरण र नवीनता मूल मन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रूपमा लिएको छ।

आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोन नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्‍याउने तयारी गरेको कम्पनीले जनाएको छ।

शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनको पहुँच र पकड बनाउन अरूसँग पनि सहकार्य गर्नेछ।

रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठले नेपाली बजारका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

यसैगरी शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले रियलमीसँग साझेदारी गर्न पाउँदा गौरव अनुभूति गरेको बताए।

साउन १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्