गुरु भट्टराईलाई रेल्वे कम्पनीको महानिर्देशकबाट हटाउन प्रष्टीकरण

काठमाडौँ – रेल विभागका महानिर्देशनक गुरु भट्टराईलाई सरकारले प्रष्टीकरण सोधेको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई हटाउन प्रष्टीकरण सोध्ने निर्णय गरेको हो।

प्रचण्ड र माधव नेपाललाई तल्लो स्तरकाे गाली गरेकै कारण एक वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई रेल विभागको नेतृत्व सुम्पेका थिए।

सामाजिक सञ्जालमा ओलीका प्रतिस्पर्धीलाई तथानाम लेखेर समय व्यतित गर्ने भट्टराईलाई जिम्मेवारीबाट हटाउन लागिएको एक मन्त्रीले जानकारी दिए।

साउन १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्