काठमाडौँ उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन्। बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्।

साउन २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्