बन्द गरियोस् राजनीतिलाई पेसा बनाउने कार्य

अविकसित र गरिब देशमा बेरोजगारको संख्या अत्यधिक हुुन्छ। त्यसैको फाइदा लिइरहेका हुन्छन् राजनीतिक नेतृत्वले। उनीहरूले आफ्नो समूहमा ठूलो जमात बनाउन यिनै जनतालाई विभिन्न तरिकाले आफूतिर आकर्षण गर्छन्। खासगरी जागिरका झुटा आश्वासनमा धेरै मानिस भुलिरहेका हुन्छन्। त्यही भएर कतिपय बेरोजगार युवा नेताका झोले कार्यकर्तामा सीमित भइरहेका छन्।

यति मात्र होइन, कर्मचारीमा पनि ट्रेड युनियनको दुरूपयोग गरी आफ्नो पक्षमा पार्ने प्रयास गरिन्छ। नेपालमा राजनीति नघुसेको कुुनै संस्था छैन। सेनाबाहेक सबैतिर खुला रूपमा राजनीतिको चलखेल देख्न पाइन्छ। लोकतन्त्रको नाममा नयाँ संविधान आएपछि अदालतमा पनि राजनीतिक दलका सिफारिसमा न्यायाधीश नियुक्ति सुरु भएपछि अदालत पनि राजनीतिबाट चोखो रहेन।

अहिले राजनीति गर्ने व्यक्ति कुुनै पेसा नहुुने, बेरोजगार, गफाडी, गुुट बनाउन सक्ने, धूर्त, झुुटा आश्वासन दिन सक्ने, वक्तृत्वकलामा निपुण व्यक्ति नै यसमा संलग्न भएको पाइन्छ। जसको मुुख्य उद्देश्य पद र पैसा प्राप्त गर्नु हो। अहिले हामी देख्न सक्छौँ ठूला नेताहरू जसको कुनै व्यवसाय तथा आम्दानीको कुुनै स्रोत छैन उनैसँग देखिन्छ अकुत सम्पत्ति। जनता र कार्यकर्ता नेतालाई कमाइको स्रोत सोध्न सक्दैनन् बरु त्यही सम्पत्तिमा लोभिएर आफू पनि ठूलो नेता भएर पद र पैसा प्राप्त गर्न राजनीतिमा होमिन्छन्।

युवा पनि यही राजनीतिमा छिरेर पद र पैसा कमाउन दलका विभिन्न जत्थामा सामेल भई आफ्नो भविष्य अन्धकार बनाइरहेका छन्। नेताहरूले युवालाई जत्थामा संगठित गरेर कुुनै अनुकम्पा होइन, उनीहरूको युवा जोशको दुरूपयोग मात्र गरेका हुन्छन्।

यदि, तिनै संगठित युवालाई सामुदायिक रूपमा व्यावसायिक कृषिमा लगाउने हो भने उनीहरूको आम्दानीको स्रोत बन्ने थियो जसले गर्दा परिवार पाल्न विदेश धाउनुपर्ने बाध्यता आइपर्ने थिएन।

नेता भएर पैसा कमाउने नियत होइन, जनताको सेवा गर्न राजनीतिमा प्रवेश गर्नुपर्छ। राजनीतिमा आउने जो–कोही व्यक्तिको पनि छुट्टै वैध कमाइ हुनेलाई मात्र राजनीतिको सदस्यता दिने नीति बनाउन आवश्यक छ।

पार्टीका कार्यकर्ता कृषिमा होस् या कुनै व्यवसायमा उसको छुट्टै व्यवसाय हुन अनिवार्य गरियोस् र पेसा नभएकालाई कुनै वैध पेसा गर्न प्रोत्साहन गरियोस्।

सरकारी कर्मचारी तथा शिक्षकलाई भने कुनै हालतमा राजनीति गर्न छुट दिनु हुँदैन। निर्वाचनमा जसलाई मत हाले पनि खुला रूपमा कुुनै दललाई समर्थन या विरोध गर्न उनीहरूलाई प्रतिबन्ध लगाउनुपर्छ। जसरी सुरक्षा निकाय नेपाली सेना कुनै राजनीतिमा नलागी आफ्नो छवि जोगाइरहेको छ।

विकसित देशमा प्रायः राजनीतिज्ञको सबैको आ–आफ्नै पेसा हुुन्छ। त्यही भएर उनीहरू आफ्नो कार्यकाल समाप्त हुुनासाथ पुरानो काममा फर्किहाल्छन्। अमेरिकाका पूर्वराष्ट्रपति ओवामा, ट्रम्प आफ्नो राष्ट्रपतिको कार्यकाल समाप्त हुुनासाथ आफ्ना व्यवसायमा फर्किसकेका छन्। उनीहरूको निजी आम्दानी राष्ट्रपतिको तलबभन्दा बढी छ।

विकसित देशमा प्रायः राजनीतिज्ञको सबैको आ–आफ्नै पेसा हुन्छ। त्यही भएर उनीहरू आफ्नो कार्यकाल समाप्त हुनासाथ पुरानो काममा फर्किहाल्छन्। अमेरिकाका पूर्वराष्ट्रपति ओवामा, ट्रम्प आफ्नो राष्ट्रपतिको कार्यकाल समाप्त हुनासाथ आफ्ना व्यवसायमा फर्किसकेका छन्। उनीहरूको निजी आम्दानी राष्ट्रपतिको तलबभन्दा बढी छ।

उनीहरूलाई अवकाशपछि कुनै भत्ता–सुुविधा दिइँदैन। तर, हाम्रोजस्तो गरिब देशका पूर्वराष्ट्रपतिलाई आफ्ना भव्य महल र आम्दानी हुँदाहुँदै पनि छुट्टै घर, तलब, भत्ता सुरक्षा गार्ड दिने नीति ल्याइएको छ। पूर्वराष्ट्रपति रामवरण यादव चिकित्सक हुन्।

उनलाई आफ्नै गाउँमा गएर उपचार गरी जनताको सेवा गरे आम्दानी मात्र होइन, उक्त कार्यको नेपाली जनताले सराहना गर्ने थिए।

पूर्वप्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलाई समेत आवास, भत्ता, सुरक्षा गार्ड दिएर नेपाली जनताले तिरेको करको दुरुपयोग भइरहेको छ। पूर्वगृहमन्त्रीका लागि सुरक्षा गार्ड, गाडीलगायत सुविधा दिन किन आवश्यक पर्‍यो? यो सबै शक्तिको दुरुपयोग हो। हामी सबै नराम्रा कुरा विदेशबाट सिक्छौँ तर राम्रा उदाहरणीय कुरा कहिल्यै सिक्दैनौँ। हाम्रो मन्त्रिपरिषद्ले निर्णय गरेका कुरामा अख्तियारले कारबाहीसमेत गर्न सक्दैन।

आफ्नो हातमा डाडु, पन्यु हुनेले पाएसम्म सुविधा लिने र जनताको कमाइको फलको शोषण गर्ने तर कारबाहीबाट सधैँ सुरक्षति रहने नीति बनाएर नेपाली जनतामाथि नेताहरूले शोषण गरिरहेका छन्।

अहिले जतिसुकै गोप्य रूपमा कमिसन या घुस कमाए पनि उनीहरूका ठूला महल र महँगा गाडी तथा विदेशमा पढ्न गएका छोराछोरीबाट उनीहरूलाई सजिलै चित्रण गर्न सकिन्छ।

ठूला भनिएका यिनै नेताले विदेशबाट नाजायज फाइदा लिएर विदेशीका हितमा कार्य गरिरहेका छन्। यी राष्ट्रघाती र भ्रष्टाचारीलाई कहिल्यै कारबाही गरिँदैन। यही कारणले जनताको नजरमा अत्यन्त गिरिरहेका नेताप्रति समाजको वितृष्णा बढ्दै गएको छ।

समाजमा कुनै कार्य नगरी चौबाटो, बस स्टपमा क्यारेम खेल्नेहरू घर र समाजका लागि कुनै काम गर्दैनन् तर नेताविरुद्ध ठूलो स्वरले गालीगलौच गर्न पछि पर्दैनन्। यो नेताहरूको गिर्दो अवस्थाको परिणाम हो।

यदि, हाम्रा युवालाई प्राविधिक ज्ञान दिने हो भने अध्ययनपछि रोजगारी पाइने निश्चित हुने थियो। आज विकसित देशका व्यस्त युवा निर्वाचनमा नेतालाई मत हाल्न पनि मतलव गर्दैनन्। तर, उनीहरूलाई अनिवार्य मत हाल्न लगाइन्छ। तैपनि, उनीहरू कतिपय फुर्सद भएर पनि नेतालाई भोट हाल्न जानुभन्दा जरिवाना तिर्न तयार हुन्छन्। हाम्रो देशका दलका झोले कार्यकर्ता निर्वाचन प्रचारमा मात्र जाने होइन, झैझगडा र मारपिटमा पनि तयार हुन्छन् त्यसबाट सिर्फ नेताहरूले फाइदा लिइरहेका छन्।

त्यसैले, हाम्रो शिक्षा नीतिमा सुधार गरी स्कुल पास गर्ने विद्यार्थीले सीपमूलक तालिम प्राप्त गरिसकेको हुनुपर्छ जसले उनीहरूलाई सजिलै रोजगार मिलोस्। हाम्रा युवा बेरोजगार भएर पनि बिदेसिन बाध्य छन् भने कोही नेताका झोले–कार्यकर्ता हुन बाध्य छन्।

राजनीतिलाई सफा नदी बनाउन निश्चल पवित्र उद्देश्यसाथ जनताका सेवकलाई राजनीतिमा प्रवेश गराउने हो भने राजनीतिलाई पेसा होइन, सेवाको कार्य बनाइयोस्। यसका कार्यकर्तालाई कुनै न कुनै रोजगार या व्यवसायमा लगाइयोस्। जागिर दिने पेसा बनाउने राजनीति बन्द गराइयोस्। राजनीति पार्टटाइम जब हो नकि फुलटाइम जागिर। स्थानीय निकायमा राजनीति पार्टीको चिह्नमा चुनाव लड्न बन्द गरियोस्। स्थानीय तहमा तलब बन्द गराई बैठक भत्ता मात्र दिने नीति ल्याइयोस्।

स्वतन्त्र रूपमा आ–आफ्ना गाउँ, सहरको विकासका योजना सामूहिक रूपमा बनाइयोस् र प्राथमिकतामा राखेर जनताको हित हुने कार्य गरियोस्। राजनीतिबाट टाढा भएर जनहितमा गरिएको विकास नै दिगो र हितकारी हुुन्छ।

साउन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्