‘हामीले चाउचाउ बाँडेका छैनौँ’

काठमाडौँ – बलियो नेपाल कार्यक्रममा चाउचाउ नबाँडेको प्रष्टोक्ति विनोद चौधरी फाउन्डेसनले दिएको छ।

‘हामीले बिल–मेलिन्डा गेट्स फाउन्डेशनको अनुदानमा  सुरु गरिएको बलियो नेपाल कार्यक्रममा बालबालिकालाई चाउचाउ बाँडेका छैनौँ’, चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेशन तथा पब्लिक रिलेशन महाप्रवन्धक मधुसूदन पौडेलले भने।

चौधरी ग्रुपले यसअघि पनि वाइवाइ चाउचाउलाई बलियो नेपाल अभियानमा समावेश गर्ने कुनै योजना नरहेको र नगरिएको जनाएको थियो।

केही दिनअघि देश सञ्चारमा प्रकाशित एक लेखमा चौधरी फाउन्डेशनले बाँडेको पोषणयुक्त चाउचाउ कतिले पाए भनी प्रश्न गरेकामा फाउन्डेशनले चाउचाउ नबाँडिएको जानकारी गराएको हो।

साउन २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्