काठमाडौँ– नेकपा एमाले केपी  शर्मा ओली निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको हो।

भक्तपुरको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीबाट जडिबुटीसम्म र्‍यालीसहित प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नारावाजी गरेका थिए।

ओली नेतृत्वको अघिल्लो सरकारले उक्त आयोग गठन गरेको थियो। सुकुम्बासीका समस्या समाधानका लागि भन्दा पनि आफ्ना कार्यकर्तालाई जागिर खुवाउन ओलीले उक्त आयोग गठन गरिएको आरोप थियो। सरकारको नेतृत्व परिवर्तन भएसँग उक्त आयोग खारेज भएको थियो।