जापानलाई हराएर मेक्सिकोले जित्यो टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फ कास्य

जापानविरुद्ध गोल गरेपछि मेक्सिकोका खेलाडी।

मेक्सिकोले टोकियो ओलम्पिक खेलकुदअन्तर्गत पुरुष फुटबलअन्तर्गत कास्य पदक जितेको छ।

मेक्सिकोले शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई ३-१ गोलले हरायो। मेक्सिकोका २४ वर्षीय मिडफिल्डर सेबास्टियन कोर्डोभाले एक गोल गरे भने दुई गोलमा उनको असिस्ट रह्यो। जोहान भास्क्वेज र एलेक्सिस भेगासले पनि एक एक गोल गरे।

खेलमा ३-० गोलले पछाडि रहेको अवस्थामा जापानका खेलाडीले एक गोल फर्काएका थिए। स्वर्ण पदकका लागि शनिबार स्पेन र ब्राजिलबीच प्रतिस्पर्धा हुँदै छ।

साउन २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्