तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको रियलमीको दाबी

काठमाडौँ– रियलमीले तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको जनाएको छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार २०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा रियलमी देखिएको छ। अन्तर्राष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत छ।

५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ।

यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ।

विश्वमा युवापुस्तालाई लक्ष्य गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्रान्ड निर्माण गरिरहेको छ। ‘हाम्रा प्रतिस्पर्धी ग्रुपसँग प्रतिस्पर्धाको साहस दिँदै हामीसँग जोडिएका उपभोक्ता र कर्मचारीले हामीलाई चुनौतीदेखि उन्नतिसम्मको हौसला दिँदै ट्रेन्डसेटिङ ब्रान्ड बन्न उत्प्ररेणा दिनुभएको छ,’ कम्पनीका सीईओ स्काई लीले भने।

 

साउन २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्