केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष तर्फको म्याराथनमा केन्याका एलियुड किपचोगेले स्वर्ण पदक जितेका छन्।

उनले लगातार दोस्रोपटक ओलम्पिक म्याराथनमा स्वर्णपदक जितेका हुन्। उनले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्।

किपचोगेले सन् २०१६ को रियो म्याराथनमा पनि स्वर्ण पदक जितेका थिए। यस्तै उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा पुरुष पाँच हजार मिटर दौडमा रजत तथा त्यसअघिको एथेन्स ओलम्पिक २००४ मा पाँच हजार मिटर दौडमा काश्य पदक जितेका थिए।

३६ वर्षका किपचोगे ओलम्पिक म्याराथन लगातार जित्ने तेस्रो खेलाडी हुन्। उनले नेदरल्याण्ड्सका अब्दी नागीयेलाई २० सेकेण्डले पछि पारेर स्वर्ण जितेका हुन्। यस्तै बेल्जियमका बाशिर अब्दीले काश्य पदक जिते।

साउन २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्