पारस खड्काले प्रयोग गर्ने ७७ नम्बरको जर्सी अरुलाई प्रयोग गर्न नदिइने

काठमाडौं- सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दा पारस खड्काले प्रयोग गर्ने गरेको ७७ नम्बरको जर्सी अब प्रयोगमा नआउने भएको छ।

नेपाल क्रिकेट संघ-क्यानले पारसको सम्मानका लागि उक्त जर्सी प्रयोग नहुने जनाएको छ। पारसले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका थिए। पारसले आफुले ७७ नम्बरको जर्सी लगाउनु अर्थपूर्ण रहेको बताउँदै आएका थिए।

क्यानले सामाजिक सन्जालमार्फत त्यस्तो जानकारी दिएको हो। पारसले नेपाली सिनियर राष्ट्रिय क्रिके ट टोलीबाट १७ वर्ष खेलेका थिए।

 

साउन २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्