मेस्सी पीएसजीमा आबद्ध हुन सहमत !

पत्रकार सम्मेलनमा भाव विह्वल देखिएका मेस्सी।
बार्सिलोनाबाट बाहिरिएका लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन-पीएसजीमा आबद्ध हुन सहमत भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।
फ्रेन्च सन्चार माध्यमहरुले पीएसजीमा २ वर्षका लागि आबद्ध हुन मेस्सी सैद्धान्तिक रुपमा सहमत भएको उल्लेख गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीले पनि पीएसजीमा आबद्ध हुने विषय एउटा सम्भावना भएको उल्लेख गरेका थिए।
मेस्सीलाई आबद्ध गराए पीएसजीले समकालिन क्लब फुटबलमा सबैभन्दा बलियो अग्रपंक्ति तयार गर्नेछ। पीएसजीमा नेमार, केलियन एमबाप्पे, एन्जेल डी मारियाजस्ता होनाहार खेलाडी पहिल्यै अग्रपंक्ति सम्हालिरहेका छन्।
युरोपियन च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित तयारी गरिरहेको पीएसजीले त्यसलाई पूरा गर्न भने सकेको छैन। २ सिजनअघि फाइनलमा भने पुगेको थियो।