कोरोना महामारी बढेको भन्दै परीक्षा स्थगित गर्न माग गर्ने ६ विद्यार्थी पक्राउ

काठमाडौं- त्रिचन्द्र कलेजबाहिर परीक्षा स्थगितको माग गर्दै प्रदर्शनमा उत्रिएका विधार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसर प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।

कोरोना महामारी बढिरहेको भन्दै चालु परीक्षाहरु स्थगित गर्नुपर्ने उनीहरुको माग थियो। त्रिभुवन विश्वविद्यालयले केही दिनअघि चालु परीक्षाहरु नरोक्ने निर्णय गरेको थियो। साउन ३१ गतेबाट सुरु हुने भनिएको परीक्षा स्थगित भएको त्रिभुवन विश्वविद्यालयले उक्त निर्णय गरेको थियो।

भदौ ५ गतेसम्मका लागि निर्धारित परीक्षाहरु स्थगित हुने छैनन्। स्वास्थ्य विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर चाँडै आउनसक्ने चेतावनी दिइरहेका छन्।

साउन २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्