विद्यार्थी नेत्री सुनिता बरालको किताब ‘समृद्धिप्रतिको संकल्प’ सार्वजनिक

काठमाडौँ– अनेरास्ववियुकी निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिता बरालले लेखेको पुस्तक ‘समृद्धि प्रतिको संकल्प’ विमोचन भएको छ। एमालेका नेता ईश्वर पोखरेलले उनको पुस्तक विमोचन गरेका हुन्।

एमालेका नेता ईश्वर पोखरेलका अनुसार पुस्तकले लोकतन्त्र र गणतन्त्र कस्तो हुनुपर्छ भनेर दृष्टिकोण दिएको, नेपाल कम्युनिष्ट पार्टी एमालेको जनवादको बारेमा सप्रसंग व्याख्या गरेको उल्लेख गरेका छन्। राजनीतिक पार्टीमा नेतृत्व निर्माण कसरी गर्ने भन्ने बारेमा पनि पुस्तकमा उल्लेख भएको उनले बताए।

 उनले भने ‘केही पक्षलाई आलोचनात्मक ढंगबाट व्याख्या पनि गरिएको छ। अहिलेको राजनीतिक अभ्यासले आन्दोलनमा नयाँ नेतृत्व निर्माण हुन्छ की हुँदैन भनेर गंम्भिर प्रश्न गरेको छ। उहाँले उठाएको प्रश्न जायज छ।’

पोखरेलले पुस्तकमार्फत प्रश्न उठाएकोमा बराललाई धन्यवाद पनि दिएका छन्।

साउन ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्