‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा

काठमाडौँ – नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ को घोषणा गरिएको हो।

बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउन लागि कथाकारलाई ०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ।

बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले कथाकारलाई कथा लेख्ने उत्साह र प्रेरणा दिने उद्देश्यसाथ कथा प्रतियोगिता आयोजना गरिएको बताए।

उनले उत्कृष्ट कथालाई पुरस्कृत गर्नुका अलावा कथाहरू समेटेर किताब निकाल्ने पनि बताए। कथा प्रतियोगिताको नतिजा ०७८ मंसिर ३ गते विशेष कार्यक्रमबीच सार्वजनिक गरिने जाइएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार राशि घोषणा गरिएको छ।

उत्कृष्ट तीनसहित अन्य उत्कृष्ट २५ जनाभित्र पर्ने अन्य २२ जना कथाकारलाई पनि जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिने बाह्रखरी मिडियाका कार्यकारी सम्पादक अधिकारीले बताए। कथा कम्तीमा १५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने जनाइएको छ।

साउन ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्