एमएन कक्षा सञ्चालन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

सिमकोट – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन) को कक्षा सञ्चालन गर्ने भएको छ। चिकित्सा शिक्षा आयोगमा प्रतिष्ठानले पाठ्यक्रमसहित अनुमतिका लागि आवेदन दिएको छ।

प्रतिष्ठानले १२ सिटको कक्षा सञ्चालनका लागि आयोगसँग अनुमति मागेको प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले जानकारी दिए।

प्रतिष्ठानले विषयविज्ञको राय सुझावका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पाठ्यक्रमको मस्यौदा तयार गरी आयोगसमक्ष निवेदन दिने तयारी गरेको छ।

पाठ्यक्रमले स्वीकृति पाएसँगै जुम्लामा एमएनको कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतिष्ठानले एमएन तहको पाठ्यक्रमको मस्यौदालाई अन्तिम रूप दिन आयोजना गरिएको भर्चुअल छलफलमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले प्रतिष्ठानलाई चिकित्सा शिक्षा र सेवाको उत्कृष्ट केन्द्र बनाउन लागिएको बताएका थिए।

प्रतिष्ठान चिकित्सा विधाका प्रमुख विषयमा पठनपाठन गर्ने तयारीमा जुटेको छ। ‘प्रतिष्ठानलाई सेवा र शिक्षाको उत्कृष्ट गन्तव्य बनाएर अब कर्णालीले चिकित्सक उत्पादन गरी अन्यत्र लक्ष प्रतिष्ठानले बनाएको छ।

यसले समग्र कर्णालीको शिक्षा र स्वास्थ्यमा कोशेढुंगाका काम गर्ने बताइन्। सहायक प्राडा शर्मिला जोशीले प्रतिष्ठान र विज्ञले तयार पारेको पाठ्यक्रमको मस्यौदा प्रस्तुत गरेकी थिइन्।

उनले दुई वर्षको उक्त पाठ्यक्रम बढीभन्दा बढी व्यावहारिक हुने बताइन्। पाठ्यक्रमको मस्यौदामाथि विभिन्न विज्ञले सुझाव दिएका थिए।

स्थ्य तथा जनसंख्याका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला गौतम, प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राडा मुनीराज क्षेत्रीले मस्यौदामा सुझाव दिएका थिए। प्रतिष्ठानले गत वर्षदेखि स्नातकोत्तर तहमा जनरल प्राक्टिस तथा इमरजेन्सी, पेरियाक्ट्रिक र एनेस्थेसिया तथा क्रिटिकल केयरमा कक्षा सञ्चालनमा ल्याएको छ।

प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि चिकित्सा विषयअन्तर्गत स्नातक तहमा एमबीबीएस, विएन र फार्मेसी विषयमा २० सिटमा पठनपाठन सुरु गर्दै छ। यसअघि स्नातक तहमा विएन, विपिएच र मिडवाइफ्रिमा पठनपाठन हुँदै आएको थियो।

साउन ३२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्