अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपाली लिएर काठमाडौँ आइपुग्दै जजिरा एयरलाइन्स

काठमाडौँ – अफगानिस्तानबाट उद्धार गरिएका एक सय २७ जना नेपाली बोकेको विमान मंगलबार बिहान काठमाडौँ आइपुग्दै छ।

नेपाली समयअनुसार साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुँदै छ।

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ ल्याउन लागिएको हो।

भदौ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्