पछिल्लो ११ दिनमा अफगानिस्तानबाट २ सय ९१ नेपाली स्वदेश फर्किए

फाइल तस्बिर

काठमाडौँ – द्धन्द्धग्रस्त अफगानिस्तानबाट पछिल्लो ११ दिनमा २ सय ९१ नेपाली स्वदेश फर्किएका छन्।

मंगबलार मात्र एक सय २७ जना नेपाली आएका छन्। जजिरा एयरलाइन्सले काबुलबाट कुवेत पुगेका उनीहरुलाई ल्याएको हो।

उनीहरुलाई विभिन्न नियोगको पहलमा स्वदेश फर्काइएको हो। साउन २२ देखि ३२ गतेसम्म आएका एक सय ६४ जना नेपाली भने‍ आफ्नै तरिकाले स्वदेश फर्किएको अध्यागमन कार्यालयले जनाएको छ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उद्धार गरेर विभिन्न देशमा पुर्‍याएका नेपालीहरु स्वदेश फर्कनेक्रम जारी रहेको बताए।

अफगानिस्तानमा सुरक्षा गार्ड, आर्मी, हस्पिटालिटी क्षेत्रमा हजारौँ नेपाली कार्यरत रहेको बताइन्छ। श्रम स्वीकृति लिएर पुगेका र विभिन्न देशका कुटनीतिक नियोगमा काम गर्ने सुरक्षा गार्डहरुलाई अफगानिस्तानबाट कुवेत, दोहालगायत ठाउँ पुर्‍याइएको छ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आह्वान पनि गरेको छ।

भदौ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्