अफगानिस्तानबाट एक महिलासहित १२७ जना नेपालीकाे उद्धार, काठमाडाैँ आइपुगे

काठमाडौँ – तालिबानको कब्जामा आएको अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरुको पहिलो समूह काठमाडौँ आइपुगेको छ।

अफगानिस्तानबाट उद्धार गरिएका एक महिलासहित १२७ जना नेपाली बोकेको विमान मंगलबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो।

नेपालीहरु जजिरा एअरलाइन्सको विमान मार्फत आएका हुन्। उनीहरु कुवेत हुँदै काठमाडौँमा आएका हुन्। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ ल्याइएको हो।

अफगानिस्ताबाट ल्याएकाहरुलाई नेपाली सेनाले संक्रमण सुरक्षात्मक उपायसहित विमानस्थलबाट सिधै सामाखुशीस्थित आइसोलेशन सेन्टर लैजाने छ।

त्यहाँ उनीहरुको एन्टिजेन वा पिसिआर परीक्षण हुनेछ। त्यसपछि मात्रै आइसोलेशनमा राखिने वा घर पठाउने भन्नेबारे निर्णय हुनेछ।

भदौ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्