काठमाडौँ – अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपालीहरु काठमाडौँ आइपुगेका छन्। उनीहरु जजिरा एअरलायन्सको विमान मार्फत कुवेत हुँदै मंगलबार बिहान काठमाडौँ आएका हुन् ।

अफगानिस्तानबाट उद्धार गरिएकामा एक महिलासहित १२७ जना छन् ।

अफगानिस्ताबाट ल्याएकाहरुलाई नेपाली सेनाले संक्रमण सुरक्षात्मक उपायसहित विमानस्थलबाट सिधै सामाखुशी स्थित आइसोलेशन सेन्टर लैजाने छ।

त्यहाँ उनीहरुको एन्टिजेन वा पिसिआर परीक्षण हुनेछ। त्यसपछि मात्रै आइसोलेशनमा राखिने वा घर पठाउने भन्नेबारे निर्णय हुनेछ।