अफगानिस्तानबाट फर्किए थप ७२ नेपाली

फाइल तस्बिर

काठमाडौँ – अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली बुधबार बिहान स्वदेश फर्किएका छन् । उनीहरु बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’, उनले भने ।

मङ्गलबार दुई चरणमा गरि २०५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।

भदौ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्