दल विभाजन सम्बन्धी अध्यादेश जारी

फाइल फोटो।

काठमाडौँ – दल विभाजन सम्बन्धी (राजनीतिक दल सम्बन्धी) अध्यादेश जारी भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको जानकारी दिए।

मंगलबार सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको थियो।

मन्त्रिपरिषदबाट पारित भएको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो।

अध्यादेशलाई लिएर आलोचना भइरहेको छ। नेपाली कांग्रेस भित्रै पनि यसको विरोध भइरहेको छ। तर एमालेका नेता माधवकुमार नेपाल पक्षलाई दल विभाजनका लागि सहज हुने गरि अध्यादेश आएको हो।

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले यसको विरोध गरेको छ र उत्पन्न हुने परिवेशको जिम्मेवार सरकारनै हुने बताएको छ।

भदौ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्