
अफगानिस्तानको राजधानी काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको अवस्था अझै पनि अस्तव्यस्त रहेको छ ।
अमेरिकासहितका पश्चिमा देशहरुले आफ्ना कर्मचारी तथा नागरिकहरु एवम् सहयोगी अफगानलाई उद्धार गर्ने प्रक्रिया जारी राखेका बेला विमानस्थल अस्तव्यवस्त नै छ ।
विमानस्थलको पहुँचमा नियन्त्रण कायम गरेका तालिबान लडाकुले हवाई फायर गरेर विमानस्थल जाँदै गरेका सर्वसाधारणलाई तितरवितर पारेका छन् ।
पछिल्लो २४ घण्टामा विमानस्थलबाट झण्डै पाँच हजार मानिसको उद्धार भएको छ । विमानस्थल अहिले अमेरिकाबाट तैनाथ भएका सैनिकको विशेष दस्ताले गरिरहेको छ ।
तालिबानले गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेको हो । तालिबानले अप्रत्याशित रुपमा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको हो ।