चुरियामाई नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

सांकेतिक तस्बिर।

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना६ ख ४६४१ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी बसचालक मकवानपुरको हेटौँडा कमाने निवासी ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् उनीसहित बसमा सवार आठ जनाको हेटाँैडामा उपचार भइरहेको मिश्रले बताए ।

 

भदौ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्