सेयर कारोबार चार दिनलाई बन्द

काठमाडौँ– शुक्रबार र शनिबार सेयर बजारमा नियमित बन्द तथा आइतबार र सोमबार सार्वजनिक बिदा परेका कारण चार दिन सेयर कारोबार बन्द हुने भएको छ।

आइतबार जनैपूर्णिमा तथा सोमबार गाईजात्राको बिदा परेका कारण दुई दिन सेयर बजार बन्द हुने भएको हो।

साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १८ अंकले घटेसँगै सेयर बजार ३१८० बिन्दुमा आइपुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।  यस्तै, सेयर कारोबार पनि घटेर २० अर्ब ५० करोड रुपैयाँमा झरेको छ। हिजो बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको थियो।

 

भदौ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्