राजनीतिमा तेस्राे पुस्ता

‘पुस्ता र उमेर हाेइन, भिजन भएकाे व्यक्ति नेतृत्वमा हुनुपर्छ’

सुनिता बराल

काठमाडाैँ – खासै मेसो पाउँदैन थिइन् तर उनी स्कुलका हरेक कार्यक्रममा सहभागी हुन्थिन्। बुझिनबुझी ताली बजाउँथिइन। ती कार्यक्रम विद्यार्थी संगठनका हुन्थे। उनले त्यो कुरा कक्षा १२ पढ्दा ताका थाहा पाइन।

सुनीता बरालले बुझिन यी संगठनले विद्यार्थीहरुको हकहितका लागि लड्दा रहेछन्। उनलाई संगठनमा लाग्नेहरुका वकालत मन पर्‍यो। विद्यार्थीको समस्याका लागि बोलेको मन पर्‍यो। उनले संगठनमा लाग्ने निधो गरिन् र अरेरास्ववियुमा जोडिइन्। उनी भन्छिन्, ‘यो संगठन मलाई उपयुक्त लाग्यो।’

बरालले सुरु गर्दा ताका जस्तो राजनीति अहिले छैन। धेरै कुरा बदलिएको छ जसको साँची उनी पनि थिइन। धेरै व्यवस्था परिवर्तन भएर लोकतन्त्रको अभ्यासमा देश छ। झापाको सानो विद्यालयबाट सुरु भएको उनको विद्यार्थी राजनीति अनेरास्ववियुको केन्द्रिय उपाध्यक्षसम्म आइपुगेको छ।

उनी भन्छिन– ‘म नेकपा एमालेसँग जोडिएको छु त्यो फरक कुरा होला, तर मेरो भूमिका त्यती मात्र होइन।’ उनले मानेको पार्टी सरकारमा छ वा छैन भन्ने कुराले आफ्नाे भूमिकामा खासै फरक नपार्ने उनी बताउँछिन्। भन्छिन् ‘आलोचनात्कम चेतनाका साथमा सकारात्मक कामलाई अझबढी प्रोत्साहन गर्न र नकारात्मक कामलाई खबरदारी गर्नुपर्ने कामलाई सुझबुझ पूर्ण तरिकाले खबरदारी गर्ने हाम्रो भूमिका हो।’

दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेशको विरोधमा नेकपा एमाले केपी ओली पक्षका विधार्थी संगठनले गरेकाे प्रदर्शन। तस्बिर: बर्षा शाह

‘हामीले हिजोको राजनीतिक पद्धतिलाई ठ्याक्कै छोड्न सकेका छैनौँ। हाम्रो समाज बदलिएको छ। यहाँका आवश्यकता बदलिएका छन्। १५ वर्ष अघिको तुलनामा विद्यालयदेखि विश्वविद्यालयसम्मका आवश्यकता परिवर्तन भएका छन्। यो कुरा हामी सबैले बुझेका छौँ। तर हाम्रा कामहरुले बुझेको जस्तो देखिँदैन। आजको परिवर्तित समाजका आवश्यकता जुन रफ्तारमा नेतृत्वमा रहेकाले समाउनु पर्ने हाे त्यो गर्न सकिएकाे छैन । गियए बदलेर रफ्तार लिनु पर्ने बेला हो यो’ उनीले थपिन् ।

उनलाई लाग्छ हिजोको आवश्यकता अनुसार पहिलो पुस्ताकाले गरेको काम सम्ममान योग्य छ। उहाँहरुले बनाइदिएको लोकतन्त्रको एउटा मार्ग जसमा युवाहरुले सक्रिय भुमिका निभाएका थिए यो आजको युवाहरुले बचाउनु पर्छ।

व्यवस्था परिवर्तन गर्न हामी सबै सँगै सडकमै थियौँ। त्यसैले राजनीतिको मुख्य भुमिकामा रहेर काम गर्नको लागि तपाईँहहरुले हामीलाई विश्वास गर्नुस भन्ने ठाउँमा हामी छौँ। उहाँहरुको सल्लाहा सुझाव र ज्ञान लिएर काम गर्नुपर्ने ठाउँमा हामी छौँ उनले भनिन्। हाम्रै पुस्ताका युवाहरुले विश्वका धेरै देशमा नेतृत्व गरेका छन् उनले थपिन्।

आन्दोलन र अनुभवका आधारमा पहिलो पुस्ताका धेरै नेता नेतृत्वमा पुगे। भुमिगत राजनीति गरेका उनीहरु मध्ये धेरै क्याम्पस जान पाएनन्। तर आजको राजनीति क्याम्पसबाट हुन्छ। त्यसैले क्याम्पसमा हुने राजनीति र राजनीतिमा विद्यार्थीहरुको चासाे उत्तिकै आवश्यक छ। उनी भन्छिन्– ‘विद्यालय वा विश्वविद्यालयमा हुने राजनीतिलाई हामीले कसरी गाइड गर्ने भन्ने कुरा हो। तर राजनीति भने आवश्यक छ।’

अनलाइन क्लासका नाममा अनावश्यक रुपमा शुल्क असुलेको भन्दै निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले काठमाडाैँमा गरेकाे प्रदर्शन। तस्बिर: बर्षा शाह

राजनीतिले नै सबैकुरा डोर्‍याउने हो। उनलाई लाग्छ सबैजना मुलधारको राजनीतिमा आउनु पर्छ भन्ने होइन र यो सम्भव पनि छैन तर विश्वविद्यालयमा पढिरहेको एउटा डाक्टले देशको स्वास्थ्य नीति कस्तो छ भन्ने कुराको जानकारी राख्नुपर्छ र चित्त नबुझेको कुरामा बोल्नु पर्छ।

उनी भन्छिन् ‘पढाइ बिग्रिने र नबिग्रने भनेको व्यक्तिमा भरपर्ने कुरा हो। हाम्रो अभ्यासमा भरपर्ने कुरा हो। हाम्रो मानसिकतामा भरपर्ने कुरा हो।हिजोका पुस्ता छोडौँ तर आजको पुस्ता पढेकै र पढेरै आउनु पर्छ।’

विद्यालयमा शैक्षिक सँगसँगै व्यवहारिक ज्ञान आर्जनको कुरा गर्दा विद्यार्थी राजनीति आवश्यक छ। र अहिलेको पुस्ता विद्यार्थी संगठनमा जोडिएर पढाइ विग्रन्छ भन्ने उनलाई लाग्दैन। ‘पछिल्लो समय संगठनमा लागेका विद्यार्थीहरु पढाइमा पनि उत्कृट ठहरिएका छन्। यो मेरो दाबी हो तपाईँ अध्ययन् गर्नसक्नु हुन्छ?’ उनले भनिन्।

‘समस्या हिजो थिए। आज कति छन् ? तुलना गरेर हेर्नुपर्छ। हिजोका समस्या आज समाधान हुने हुन्। आजका समस्या भोलि। समस्या परिवर्तन भइरहेका हुन्छन्। केहीअघिका समस्या आज छन् छैनन् ? समय अनुसार आइरहने समास्या समाधानका पहल भइरहन्छन्। त्यसरी पनि आँकलन गरिनु पर्छ’ उनले भनिन्।

आशावादी हुँदै उनी भन्छिन् ‘ठूलो परिवर्तन पछि हामीले एउटा सुन्दर व्यवस्था स्थापित गरेका छौँ। यो सुन्दरता कायम गर्दै अघिबढ्नु छ। कार्यान्वयनको पाटोमा धेरै कमजोरी छन् त्यसलाई सुधार्नु छ।

समृद्धीका लागि व्यवस्था तयार भइसकेको, जग तयार भइसकेको उनलाई लागेको छ। र यसलाई गति दिन हामी युवाहरु तयार रहनु पर्ने उनको बुझाइ छ। उनी भन्छिन् ‘यसैका लागि म राजनीतिमा छु।’

अब कुन् पुस्ता ? को व्यक्ति ? भन्दा फरक ढंगले हेर्नुपर्ने उनी बताउँछिन्। भन्छिन् ‘जसले योजना बनाउन सक्छ। सपना बुन्न सक्छ। जोसँग भिजन छ। अबको दश वर्षमा देशलाई यहाँ पुर्‍याउँछु भन्ने ठोस योजना छ उसलाई नेता बनाउनु पर्छ। उसलाई नेतृत्व दिनुपर्छ।’

हिजो कती दिन भुमिगत बितायो, कति दिन जेलमा बितायो, राजनीतिमा कति लामो समय बितायो भन्ने कुराले आजको दिनको माग पूरा गर्दैन। तर हिजोका अनुभवलाई परिष्कृत गर्दै भोलीका लागि योजना दिन सक्छ भने त्यस्तो व्यक्तिलाई नेतृत्वमा छनोट गर्नुपर्ने उनको सुझाव छ।

नेतृत्वमा महिला

यो एकदमै धेरै खट्कीने कुरा हो। उनी भन्छिन ‘झट्ट हेर्दा व्यवस्थाका आधारमा सजिलो छ जस्तो देखाइएको छ तर वास्तवमा त्यस्तो छैन। हाम्रो साजिक व्यवस्था, हाम्रो मनोविज्ञान र हाम्रो अभ्यासमा धेरै जटिलता छन्। हामीलाई यो महिला नेता हो भनेर स्विकार्ने भन्दापनि समावेशिताको प्रणाली छ ठिकै छ नि त! भनेर बुझ्ने मानसिकता हटेको छैन।’

महिलाले हरेक ठाउँमा लड्नु पर्छ। परिवारसँग, समाजसँग, अनि नेतृत्व पंत्तिसँग। उनले परिवारसँग लड्नु परेन किनभने परिवारले कहिल्यै रोकतोक गरेन। समाजसँग पनि लड्नु परेन चेतनशील नै थियो। उनी भन्छिन् ‘तुलनात्मक रुपमा अरु साथीभन्दा मैले कम भोगे होला सायद तर कार्यक्षत्रमा धेरै नै छन्।’ यि हरेक कुरा चिर्दै हामीले गर्नुपर्ने काम धेरै छन भन्ने सोचाइका साथ अघि बढ्नु पर्ने उनी मान्छिन्।

आरक्षण

‘म सक्षम छु। विश्वविद्यालयको पढाइ सकेको छु। अध्ययन गरे भने कुनै विषयलाई राम्रोसँग बुझ्नसक्छु। कुनैपनि ठाउँमा म आफ्नो कुरा प्रष्टसँग राख्नसक्छु भने मलाई किन कसैको सहारा चाहियो’ उनी भन्छिन् ‘मलाई किन आरक्षण चाहियो।’

उनको बुझाईमा आरक्षणको दायरा परिवर्तन गर्नुपर्छ। आरक्षण त्यस्ता व्यत्तिलाई आवश्यक छ जो सामाजिक व्यस्थामा र अवस्थामा पछाडि छन्। सानैदेखि अवसर नपाउँदा पछाडि परेकालाई माथि ल्याउन आरक्षणको प्रयोग हुनुपर्ने उनको तर्क छ। तर व्यक्ति सक्षम छ भने उसलाई अवसर जुराइ दिनुपर्छ आरक्षण होइन।

आरक्षणको अवसर आज नै पूर्ण भयो त ? उनी भन्छिन् ‘त्यो पनि होइन। तर आरक्षण सुन्दा जती सुन्दर सुनिन्छ नि यसको प्रयोग ठ्याक्कै उल्टो विकृतीपूर्ण तरिकाले भइरेहेको छ।’

भदौ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्