काठमाडौँ– पछिल्लो समय काठमाडौँको झोर झरना घुम्न जानेको भीड लाग्न थालेको छ।

टोखाको महाकालस्थित उक्त झरनामा विशेषगरी युवाहरुको आकर्षण बढेको छ। यद्यपि झरनामा झुम्नका लागि परिवारसहित घुम्न जानेहरु पनि उत्तिकै छन्।

आइतबार सार्वजनिक विदा भएका कारण झोर झरनामा रमाउन पुग्नेहरुको  संख्या उल्लेख्य देखिन्थ्यो।

रिङरोडबाट करीब १० किलोमिटरको दूरीमा रहेको झोर झरनामा कोरोना महामारीका कारण चहलपहल कम भएको थियो। पछिल्लो समय सवारीसाधन सञ्चालनमा आएसँगै झरनामा रमाउन पुग्नेहरु बढेका छन्।

उक्त स्थानमा मन्दिर पनि भएका कारण धार्मिक कारणले पनि महत्वपूर्ण मानिन्छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरुः