लाप्चाबाटै मानसरोवर दर्शन गर्न पर्यटकको टोली सिमकोटमा (तस्बिरहरु)

फाइल तस्बिर

सिमकोट– नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शनका लागि पर्यटकहरुको टोली सिमकोट आइपुगेको छ। काठमाडौँ हुँदै नेपालगञ्जदेखि हवाई मार्गबाट पर्यटकहरु सिमकोट आइपुगेका हुन्।

द ट्रेकर्स सोसाइटीका गाइड राजन अधिकारीका अनुसार ४६ जना पर्यटकहरु सिमकोट आइपुगेका छन्। सदगुरुसँग मानसरोवर कैलाशको दूरदर्शन नेपाली भूमि लाप्चाबाट गर्न टोली सिमकोट आइपुगेको हो।

हुम्ला आइपुगेका पर्यटकहरु बुधबार पैदल मार्गबाट लाप्चा क्षेत्रतर्फ लाग्ने छन्। सिमकोट उत्रेका पर्यटकहरुलाई होटेल व्यवसायी विजय लामाले खादा ओढाएर विमानस्थलमा स्वागत गरे। ती पर्यटकहरु एक रात सिमकोटमा बस्ने छन्।

यसअघि ५५ जना कुक, गाइडहरु सिमकोट आइपुगेका थिए।

तस्बिरहरुः राजन रावत/देश सञ्चार। 

भदौ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्