काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सं‍गठन अनेरास्ववियु (क्रान्तिकारी) पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ।

अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन्। नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन उनीहरुले माग गरेका छन्।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। यस्तै डिजल र मट्टीतेल मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ। यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरिएको छ।